माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे सहमति

वेलकम खबर
कार्तिक १६, २०८२

काठमाडौँ।  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको कार्यदलको बैठकमा साेही पार्टीहरूबीच १८ बुँदे सहमति भएको हो। माओवादीले माओवादलाई त्याग्दै माक्सवाद-लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ। ८ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन। चुनावचिन्ह भने पाँचकुने तारा रहने जनाइएको छ । यही  कार्तिक १९  गते पार्टी एकताकाे घाेषणा गर्ने जनाइएको छ।

May be an illustration of text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*