मंसिर १३ मा देशभर महाधिवेशन प्रतिनिधि निर्वाचन, २१ सय प्रतिनिधि सहभागी हुने

वेलकम खबर
कार्तिक १६, २०८२

काठमाडौं ।नेकपा एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । यही मंसिर २७ देखि २९ सम्म पोखरामा हुने भनिएको महाधिवेशन अब काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

गुण्डुमा शनिवार बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । एक तिहाइ महिला प्रतिनिधि, ४० वर्षभन्दा मुनिका युवालाई पनि आरक्षण छुट्याइएको छ ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिलाई आरक्षण छुट्याइएको छ । महाधिवेशनमा करिब २१००प्रतिनिधि सहभागी हुनेछन् । उपमहासचिव ज्ञवालीका अनुसार पार्टीका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिने छन् ।

प्रतिनिधि छनौट गर्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुल्ला २ र महिला १, त्यसपछि १, ४० वर्षमुनिका युवा, त्यसपछि प्रति ८ सयमा १ प्रतिनिधि (महिला) छनौट गरिने गरी मापदण्ड बनाइएको छ । यसै गरी दलितमा प्रति ५ सय १ प्रतिनिधि, ट्रेड युनियनमा प्रदेशबाट २ : ५ गरी ७ जना प्रतिनिधि, जनसंगठनमा ५, महासंघीयमा ७, प्रदेश कमिटीमा ३ : २ को अनुपातमा प्रतिनिधि छनौट हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*