फोहोर बिसर्जन सदाको लागि बन्द गरेको घोषणा
बल प्रयोग गरे प्रतिकार गर्छौः स्थानीय
वर्षौदेखि सम्झौता गर्ने, कार्यान्व्यन नगर्ने सरकार र कामपा बिरुद्ध आन्दोलन
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेका छन् । ल्यान्डफिल साइटका प्रभावित स्थानीयले फोहोर सदाका लागि प्रतिबन्ध गरेको जनाएका छन् । ककनी र धुनिवेसी गरी दुई स्थानीय तहका जनता सडकमा उत्रिएर सदाको लागि फोहोर ढुवानी बन्द भएको घोषणा गरेका हुन्
स्थानीयले आन्दोलन गरेपछि हिजो फोहोर बिसर्जन गर्न पुगेका दर्जनौ सवारी साधन बीचबाटोबाट फर्किएका छन् । विगतमा भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै फोहोर बिसर्जन बन्द गरेको हो । आन्दोलनलाई दमन गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी स्थानीयको छ । हामी अब फोहोर खसाल्नै दिनेछैनौ, बल प्रयोग गरे कडा प्रतिकार गर्नेछौ–स्थानीयको भनाई थियो ।
पुरानै सम्झौता अनुसार माग पूरा नभएपछि अति प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । पटकपटक भएका सम्झौता कार्यान्वयन नभएसम्म फोहोरमैला विसर्जन गर्न नदिने अडान स्थानीयको छ । स्थानीय ककनी गाउपालिका–१ का अध्यक्ष पदमबहादुर बलामीले स्थानीयले सदाको लागि फोहोर बिसर्जन बन्द गरेको जानकारी दिनुभयो ।
भन्नुभयो–सबै स्थानीय सडकमा धर्ना दिएर फोहोर ढुवानी बन्द गरेको हो । उहाले भन्नुभयो–अब सरकारले माग पुरा गर्ने भन्दापनि विगतमा धोका दिएको विषय मुख्य हो । अब हाम्रो एकसुत्रीय माग हो–फोहोर सदाकाृ दागि बन्द गरेका छौ , अब ल्याउन दिनेछैनौ ।
स्थानीयका अबको मा केही नभएको स्पष्ट पार्दै सरकारसंग फेरी वार्ता र सम्वादको ढोका बन्द भएको उहाको भनाई थियो । ‘सरकारले माग पुरा गर्छु भनेमा निर्वाद ढुवानी गर्न दिनुहन्छ छ ? उहाको भनाई थियो–अब दिदैनौ । पटक पटक दोहो¥याएर उहाले भन्नुभयो–हाम्रो माग अब केही छैन, बञ्चरेडाडामा सदाको लागि फोहोर ढुवानी र बिसर्जन बन्द गराएका छौ ।
भित्रि कुरा भने कामपाका मेयर बालेन्द्र साहले दुईवर्षअघि स्थानीय पिडीत संघर्ष समितिसंग भएको १८ बुदे प्रतिबद्धता मध्ये कुनैपनि कार्यान्वयन नगरेको कारण आन्दोलनमा उत्रिएको हो ।
अब ती माग कार्यान्वयन होस वा नहोस मतलब छैन , अब ल्याण्डफिल साईटमा फोहोर ढुवानी र बिसर्जन बन्द गरेका हौ–बलामीको भनाई थियो । उहाले स्थानीयको माग केही नभएको प्रस्ट पार्दै हिजोबाट उपत्यकाको फोहोर ढुवानी सदाको लागि बन्द भएको जानकारी दिनुभयो ।
मेयर साहलाई स्थानीयले अब कहिल्यै फोहोर ढुवानी माग पुरा गर्ने चासो नदेखाएपछि ल्याण्डफिल साईटमा फोहोर लैजान रोक लगाएको जानकारी दिनुभयो । बाटो बन्द गरेपछि फोहोर बोकेर गएका दर्जनौ सवारी साधन बीचबाटोबाट फर्किएका थिए ।
आन्दोलनमा उत्रेका स्थानीयले केहीदिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङसंग भेटेका थिए । मन्त्रीको आश्वासनले काम नगरेपछि हिजो बुधबारबाट अनिश्चितकालको लागि ल्याण्डफिल साईटमा फोहोर ढुवानी ठप्प पारेको हो ।
मन्त्री घिसिङसंग भेट्नेमा स्थानीय निरञ्जन संजेल र अमृत लामा लगायत छन्, स्थानीय वडा अध्यक्ष लगायत आन्दोलनमा उत्रिएका हुन ।काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग प्रमुख सरिता राईले फोहोरका गाडी बाटोमै रोकिएको जानकारी दिनुभयो । उहाले माग पुरा गर्ने विषयमा छलफल भैरहेको बताउनुभयो । आन्दोलनकारीले कामपाका मेयर बालेन्द्र साहसंगमात्र वार्ता गर्ने जनाएको छ । मेयर साह स्थानीयसंग वार्ता गर्न अनिच्छुक हुनुहन्छ ।
कामपा र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आए पनि उनीहरूका माग सम्बोधन हुन सकेका छैन् । गतवर्ष ल्याण्डफिल साइट प्रभावित सरोकार समितिले माग पुरागर्न दवाव दिदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह,अर्थ, शहरी विकास मन्त्रालय, काठमाडौं र ललितपुर महानगरपालिकालाई जानकारी गराइसकेको छ ।
स्थानीयले त्यसबेला मानववस्ती रहित ल्याण्डफिल साइट विकासक्षेत्र घोषणा गर्नुपर्ने, फोहोरमैला प्रदुषणरहित वस्ती विकासक्षेत्र कायम गरिनुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रलार्य संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने, फोहोरमैला विकास प्राधिकरण गठन गरी फोहोर सम्बन्धी उद्योग स्थापना गर्नुपर्ने, ल्याण्डफिल साइटबाट सशस्त्र प्रहरी बलको पोष्ट हटाउनुपर्ने प्रस्ताब अघि सारेका छन् । यो पुरानै प्रस्ताबलाई हाल मागको रुपमा अघि बढाएको छ ।
फोहोरमैला निषेधितक्षेत्र घोषणाको आन्दोलनमान राज्यशक्तिको दुरुपयोग गरी बलपुर्वक फोहोरमैला ढुवानी गरे त्यसबाट उत्पन्न हुने अप्रिय परिस्थितीको सरकारले जिम्मा लिनुपर्ने चेतावनी दिएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साईटमा दैनिक १ हजार ४ सय टन फोहोर बिर्सन हुने गरेको छ । त्यसमध्ये कामपाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टन फोहोर व्यवस्थापन हुने गरेको छ ।
त्यसबाहेक अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बञ्चरे ल्याण्डफिल साइटमा लैजाने गरेको छ । फोहोर बिसर्जनमा रोक लगायने निर्णय भएपछि कामपा लगायत सबै स्थानीय निकाष्लाई गम्भीर समस्या पर्ने देखिएको छ । कामपा वातावरण विभाग प्रमुख राईले आन्दोलनकारीको मागको विषयमा कामपा र सरकार गम्भीर रहेको बताउनुभयो ।-newsofnepal



















