प्रवासी नेपालीको मताधिकार सुनिश्चित नभएसम्म हाम्रो सहभागिता हुँदैन: मिराज ढुंगाना

वेलकम खबर
कार्तिक १, २०८२

काठमाडौँ।जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन्। काठमाडाैंमा शनिबार पत्रकार सम्मेलनकाे आयोजना गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट परेका छन् । विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने उनको भनाइ थियाे। हुलमूल मात्रै भएर देशको विकास नहुने दावी गर्दै उनले आधिकारिक बन्नका लागि कि त एनजीओ कि त राजनीतिक दल नै खोल्नुपर्ने बताएका छन् । सबै बाहिर भएका समूहरूलाई संगठित भएर अघि बढ्न पनि उनले आग्रह गरे ।

अभियन्ता ढुंगानाले विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्नेमा जाेड दिएका छन्। ३ करोडमा ८० लाख जनसंख्यालाई छुटाएर हुन्छ भन्दै उनले प्रश्न समेत गरे। त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाेड्न नहुने उनको भनाइ छ । विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था नभएसम्म निर्वाचनमा नजाने अभियन्ता ढु‌गानकाे तर्क थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*