सप्तकोशी नदीमा ५६ वटै ढोका खुला, हेभी गाडीलाई कोशी व्यारेजमा रोक

वेलकम खबर
अशोज १९, २०८२

काठमाडाैं । सप्तकोशी नदीमा पानीको सतहले खतराको रेखा पार गरेपछि ५६ वटै ढोका खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले अत्यधिक भारयुक्त (हेभी) सवारी साधनलाई आवत-जावतमा रोक लगाएको जनाएकाे हाे । तर साना र मझौला सवारी साधनलाई भने रोक नलगाएको प्रहरीले बताएकाे छ। आइतबार दिउँसाेदेखि फेरि भारी वर्षाको क्रम शुरु भएपछि हेभी गाडीलाई कोशी व्यारेजमा रोक लगाइएको जनाइएकाे छ।सुनसरीसहित कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा हाल वर्षाको क्रम जारी रहेकाे हाे । त्यसैले उच्च सतर्कता अपनाइएको र कोशी व्यारेजका सबै ढोका खुला गरिएपछि भारतको सुपौलको पूरै र अररिया जिल्लाका केही भागमा समेत बाढी पसेको प्रहरीले बताएकाे छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*