पाँचथरमा बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ७ घाइते
६ जना घाइतेलाई एम्बुलेन्समार्फत धरान पठाइयो
ताप्लेजुङ ।ताप्लेजुङका साँवाबाट धरान जादै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार हालसम्म सात जना घाइतेलाई उद्धार गरिएको छ । उनीहरुमध्ये छ जना घाइतेलाई एम्बुलेन्समार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९घोपा अस्पताल० लगिएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको छ ।
घटनास्थल पहाडी बाटोको मोड र भिरालो क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानमा सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको बताइएको छ ।



















