एमालेको ६४ वटा पार्टी कार्यालय, नेता–कार्यकर्ताहरूको १५८ भन्दा बढी घर–व्यवसाय तोडफोड र आगजनी

वेलकम खबर
अशोज ९, २०८२

काठमाडौ ।नेकपा (एमाले) ले गत २४ गतेको प्रदर्शनमा केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालय तोडफोड भएको प्रारम्भिक आकलन गरेको छ। बुधबार महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठकले देशभर पार्टीका नेता–कार्यकर्ताको १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट निकालेको हो।

‘प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ। त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ,’ महासचिव शंकर पोखरेलले भनेका छन्।

एमालेको ६० बढी जिल्लामा पार्टीको आफ्नै भवन छ। त्यसमध्ये अधिकांश तोडफोड र आगजनी गरिएको उनले बताएका छन्।‘अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरू भइसकेको छ। आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाइ र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन्,’ उनले भनेका छन्। राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठेको पनि उनले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*