तीन सचिवको सरुवा : गृहमा दंगाल, रक्षामा अर्याल
काठमाडौ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। यसअघिको मन्त्रीपरिषद् बैठकबाटै सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भए पनि सरकारले सार्वजनिक भने गरेको थिएन।
मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा सरुवा गर्ने निर्णय गरेको जानकारी गराएका थिए। तर उनले आफ्नै मन्त्रालयको सचिव सरुवा बारे भने बोलेका थिएनन्।
गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृह सचिवको जिम्मेवारी यसअघि रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगालले पाएका छन्। रक्षा मन्त्रालयमा योजना आयोगबाट सुमनराज अर्याललाई ल्याइएको छ।
जेनजी आन्दोलनपछि सरकारले गृह प्रशासनमा व्यापक हेरफेर गरिरहेको छ। प्रहरीको जिम्मेवारी पनि धमाधम हेरफेर भइरहेको छ।
सीआईबी र काठमाडौँ प्रहरी प्रमुखसहित झन्डै २ सय प्रहरीको यसबीचमा सरुवा गरिएको छ।



















