नेपाल प्रहरीका ९० डीएसपी र ४८ एसपीको सरूवा
काठमाडौं । नेपाल प्रहरीले ९० डीएसपी र ४८ जना एसपी सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति सरुवा निकालेको हो ।
जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुदिपराज पाठकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयका नवीन कार्कीलाई कास्कीमा खटाइएको छ । सीआईबीका एसपी नरेन्द्र चन्दलाई कैलालीमा सरुवा गरिएको छ । कोशी प्रदेश प्रहरी कार्र्यालयका दीपेन्द्र पंजियारलाई पाल्पा खटाइएको छ ।
अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । बाँकेका एसपी रामप्रसाद घर्तीमगरको भने कर्णाली प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेत सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका सूर्यबहादुर खड्कालाई भक्तपुरमा सरुवा गरिएको छ । १ नम्बर गण नक्सालका एसपी सुवासचन्द्र बोहरालाई मकवानपुरको इन्चार्जमा सरुवा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा रहेका एसपी अपिलराज बोहराको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं १ नक्सालमा सरुवा भएको छ । बोहराको ठाउँमा पवन भट्टराईलाई खटाइएको छ
९० डीएसपी सरुवा
त्यसैगरी, ९० डीएसपीको सरुवामा काठमाडौं उपत्यकाका बृत्तहरुमा पनि इन्चार्ज फेरबदल भएका छन् । सन्तोष रोका बौद्ध, चन्चला श्रेष्ठ जगाती, जनार्दन घिमिरे सिंहदरबार, धनबहादुर बोहरा मालीगाउँ, नारायण डाँगी दरबारमार्ग, प्रकाश श्रीमल गौशाला, मोहनमणि अधिकारी स्वयम्भूमा सरुवा भएका छन् । गौरब महतलाई जिल्ला प्रहरी कार्यालय दार्चुला,अनिशकुमार कर्ण पाँचथर, रविराज थपलिया मुगु, हिमबहादुर खत्री कालिकोट छन् ।
एसपी सूचीः

























