राष्ट्रिय सभाको अधिवेशन अन्त्य, अध्यादेश ल्याउने बाटो खुल्यो
वेलकम खबर
भदौ ३१, २०८२
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यायदेश ल्याउने बाटो खुलेको छ ।




















