जेनजी आन्दोलनमा मारिएकाहरूको सामूहिक अन्त्येष्टि गरिँदै

वेलकम खबर
भदौ ३१, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मारिएकाहरूको आज सामूहिक अन्त्येष्टि गरिँदैछ ।महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्र गरी पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गर्ने तयारी छ ।
आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो।
१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने बताइएको छ।विमानस्थल पुर्‍याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*