डा.रुइतले भने बिरामी छाडेर मन्त्री बन्न जान्नँ

वेलकम खबर
भदौ ३१, २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा.रुइतसँग आग्रह गरेकी थिइन्।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको स्रोतले बताएको छ। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले आफूले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए।जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*