ललितपुर लुभुको सुन्दर चसिडोल टोल, उज्यालो युग हुँदै डिजिटल युगमा फड्को मार्दै
काठमाडौ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित ८ लुभू स्थित सुन्दर चसिडोल टोल आधुनिक पुर्वाधारहरूको ब्यवस्थापनले जिल्लाकै उदाहरणीय टोलको रूपमा स्थापित भएको छ ।
ललितपुरको लुभु र भक्तपुरको सिरूटारको बिचमा अवस्थित यो टोलले भौतिक र विध्युतीय पुर्वाधारहरूको ब्यवस्थापनमा फड्को मार्दै गएको छ । २०७५ सालमा स्थापना भएको यो टोल छोटो अवधि मै ढल र सडक निर्माण गरि गत आर्थिक वर्षमा नै सडक बत्ति र सिसिक्यामेरा जडान गरिएको टोल बिकास संस्थाका सचिव दिनेस घिमिरे ले बताउनुभयो ।
नगरपालिकाको सहयोगमा यी पूर्वाधार तयार भएपछि रातको समयमा उज्यालो र सुरक्षा प्रत्याभुति बढेको सचिव घिमिरे ले जानकारि दिनुभयो । चालू आवमा मा भने समुदाय साईरन जडान गरि हाल डिजिटल घर नम्बर राख्ने कार्य भईरहेको संस्थाका सल्लाहकार चन्द्रविक्रम राई ले जानकारि दिनुभयो । टोल समुदायको आफ्नै लगानीमा राम लक्ष्मण कम्पनीबाट यो ब्यवस्थापन गरिएको हो । समुदाय साईरन र डिजिटल घर नम्बर बाट बिपद, आगलागि, चोरी जस्ता घटनामा शिघ्र उद्धार र सहयोग मिल्ने बताईएको छ ।
टोलमा चोरिका घटना बढेपछि स्थानीय युवाहरू ले रात्रि गस्ति कार्य पनि गरिरहेको टोलका अध्यक्ष उत्तमराज भट्टराईले बताउनुभयो । यसरी ढल, सडक, खानेपानि, सडक बत्ति, सिसिक्यामेरा, समुदाय साईरन र डिजिटल घर नम्बर समेत राखिसकेपछि सुन्दर चसिडोल टोलको सुरक्षा ब्यवस्थापन बारे चर्चा चुलिएको छ ।
बालवालिका र बृद्धबृद्धा समेतले चासो दिने गरेको र सुरक्षाको अनुभूति गरेको संस्थाका अगुवा ख्याम स्याङबा ले दाबी गर्नुभयो । वडाअध्यक्ष विश्वराज श्रेष्ठ र नगरपालिका समेतको निरन्तर सहयोगमा यी सबै कामहरूको सम्भव भएको स्याङ्बाले बताउनुभयो । समुदाय साईरन भने नजिकैको लुभु प्रहरी चौकि समेतमा सञ्जाल जोडिने भएकाले सुरक्षा थप प्रभावकारि हुने अपेक्षा गरिएको छ । यश प्रकार ले टोलमा हुन सक्ने घटनामा समुदाय प्रहरी सहकार्यलाई निरन्तरता दिनु पर्ने लुभु प्रहरी प्रमुख सन्तोस केसि ले आग्रह गर्नुभयो ।



















