सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

वेलकम खबर
भदौ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।विघटित प्रतिनिधि सभा सदस्य एवम् पूर्वशिक्षामन्त्री श्रेष्ठले ‘पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने’ गरेको आरोप लगाएकी छन् ।

‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे’ उनले भनेकी छन्, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ?’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’

उनले रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राखेको आरोप पनि लगाएकी छन् । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पनि श्रेष्ठ उपस्थित थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*