ताप्लेजुङमा १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा

वेलकम खबर
भदौ २७, २०८२

ताप्लेजुङ। ताप्लेजुङको शान्ति सुरक्षालाई मध्य नजर गर्दे जिल्ला प्रशासन कार्यालयले आज शुक्रवार पनि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रबार १० बजेदेखि साँझ ५ सम्म निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँद्वारा जारी निषेधाज्ञा सूचना प्रतिकूल हुने कार्य गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
पूर्व स्वीकृति नलिइ बढीमा पाँच जनाभन्दा बढी व्यक्ति आवतजावत वा भेला तथा जम्मा हुन प्रतिबन्ध गरेको हो । नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्काले निषेधाज्ञाको प्रभावकारी पालना गर्न आग्रह गरेका छन्।

प्रशासन कार्यालयले बिहीबार बेलुका ५ देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु आदेश अवधि पूरा भएपछि प्रशासन कार्यालयले शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३९ ९ क०बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिए।

प्रशासन कार्यालयले पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम र पाँचथर जिल्लाको सिमानाबाट उत्तर यति चारकिल्लाभित्र निषेधाज्ञा जारी गरेको छ। उक्त अवधिमा कुनै पनि प्रकारको भेला जुलुस, प्रदर्शन, बैठक, घेराउ गर्न पाइने छैन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*