रास्वपा सांसद सोविता गौतम संसद विघटन गर्न नहुने पक्षमा

वेलकम खबर
भदौ २६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले संसद विघटन गर्न नहुने बताएकी छन् ।संसद विघटन गर्नुपर्ने मतसहित सामूहिक राजीनामाको घोषणा गरेको रास्वपाकी सांसद गौतम संसद विघटनको विपक्षमा उत्रिएकी हुन् ।

कानुन पृृष्ठभूमिसमेत रहेकी गौतमले संसद् विघनले नागरिक सर्वोच्चता संकटमा पर्ने बताएकी छन् ।‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो, यो विघटन गर्न पाइँदैन,’ गौतमको मत छ, ‘यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो।’

अहिले रास्वपाका केही सांसद संसद् विघटन गर्नुपर्ने र केही गर्न नहुने पक्षमा देखिएका छन्। सांसद तोसिमा कार्कीले अहिको संसद् र संविधानले निकास नदिने भन्दै चाँडोभन्दा चाँडो संसद् विघटन गनुपर्ने बताएकी छिन्। यस्तै, रास्वपाका अर्का सांसद शिशिर खनाल नयाँ जनादेशमा जानुको विकल्प नभए पनि कांग्रेस एमालेजस्ता संसदका शक्तिलाई उपेक्षा गर्न नहुने मत सामाजिक सञ्जालमा राखेका छन् ।जेनजी विद्रोहपछि बदलिएको नयाँ राजनीतिक परिस्थितिमा संसद् विघटन गर्ने किन नगर्ने भन्ने बहस पेचिलो बनिरहेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र केही जेनजी प्रतिनिधिले अन्तरिम सरकार गठनअघि संसद् विघटन गर्नुपर्ने सर्त राखेका छन्।  तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने वर्तमान संविधान र संसदीय प्रक्रियाभित्रबाटै अघि बढ्नुपर्ने मत राखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*