नेपाल छिट्टै स्थिरता पुर्नस्थापना हुने चीनको आशा
काठमाडौ । चीनले नेपालमा छिटै समाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना हुने आशा व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हवाले भनेको छ, ‘चीनले नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।’
नेपालमा भएको प्रदर्शन र अशान्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु परेको प्रसँगमा टिप्पणी मागिँदा लिनले यस्तो प्रतिक्रिया दिएको उल्लेख समेत गरेको छ।त्यस्तै चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि लिनले दिएको सिन्ह्वाले बताएको छ। यद्यपि, चीनले नेपालको घटनाक्रमबारे विदेश मन्त्रालयमार्फत औपचारिक प्रतिक्रिया जनाउन बाँकी छ।



















