४२०० सहभागी भएर भर्चुअल बैठकमा जुटे Gen Z, भावी प्रधानमन्त्रीको लागि यी नाम चर्चामा

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौ । अब कसरी अगाडी बढ्ने भन्नेबारे जेन जीहरुको समूह अहिले भर्चुअल बैठकमा रहेको छ। डिस्कोर्डमा प्लेटफर्ममा उनीहरु बैठकमा छन्। छलफलमा ४२ सय जना बढी सहभागी छन्।

उनीहरुले वार्ताको लागि कसको नेतृत्वमा पठाउने, क-कसलाई पठाउने, कति जनालाई पठाउने, कुन कुन विषय उठाउने लगायतका विषयमा छलफल गरिरहेका छन्। अहिले जेन जीको नाममा धेरै वटा समूह बनिसकेको र कुनै पनि आधिकारिक नभएकोले कुनै पनि समूह गएर वार्ता गर्न सक्ने भन्दै वार्ताको लागि छिटो नाम तय गर्नु पर्ने उनीहरुले बताएका छन् । वार्ताको लागि जान चाहनेले नाम टिपाउने र त्यसलाई अन्तिम छलफल गरेर नाम टुंगोमा लगाउने उनीहरुको तयारी छ।

कसको नेतृत्वमा अन्तरिम सरकारमा जाने भन्नेबारे पनि समूहले छलफल गरेका छन् । जसमा पूर्व प्रधानन्यायधीश सुशिला कार्की , काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, अघिल्लो निर्वाचनमा शेर बहादुर देउवासँग चुनाव लडेका सागर ढकाल, रास्वपाकि सुमना श्रेष्ठ, डा. सन्दुक रुइत, कुलमान घिसिङ लगायतका नाम चर्चामा छन् । जसमा सुशिला कार्कीले सबैले आग्रह गरे आफु तयार रहेको उल्लेख गरेको बताईएको छ। बालेनले अहिलेसम्म कुनै जवाफ नदिएको बताईएको छ। सागर ढकालले भने अरु कसैले नेतृत्व लिन नचाहेमा आफु जान तयार रहेको बताएको बुझिएको छ। अन्तरिम सरकारले ६ महिनादेखि १ वर्षभित्र नयाँ चुनाव गराउनु पर्ने जेनजीहरुको माग छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*