खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ, जेन्जीको माग पनि सम्बोधन गरौं : योगेश भट्टराई

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं।  नेकपा एमालेका सचिव योगेश भट्टराईले उत्तेजनामा आएर गरिने निर्णयले सहि ठाऊँमा नपुर्‍याउने बताएका छन्। यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा भएको बताउँदै उनले देश र समाज भयानक अस्थिरतामा रहेको उल्लेख गरेका छन्।

‘हामी यतिबेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौं । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौं । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्‍याउँदैन’ उनले भने। उनले खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु रहेको बताए । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सपन्न गर्ने अठोट गर्न आह्वान गरे । जेन्जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे।उनले विकसित घटनाक्रमलाई लिएर १० बुँदामार्फत सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्।

१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेषण गरौं, हामीबाट भएका कमजोरीको समिक्षा गरौं । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं । यो काम होशियारीपूर्वक गरौं । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौं ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔं ।
५. जनतामा जाऔं, जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जबजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔं ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नुछ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔं ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नुपर्दछ । यही आधारमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरौं ।
१०. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*