ताप्लेजुङको मैवाखोलामा पहिरोले २ जना वेपत्ता, एक घाइते

दुई घर पुरियो
वेलकम खबर
भदौ २५, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले दुई घर पुर्दा २ जना वेपत्ता भएका छन् ।
एक बालक घाइते भएको जानकारी प्राप्त भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडाका चेप्टे शेर्पा भनेर चिनिने लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको दुई घर पहिरोले पुरेको अध्यक्ष वनेमले बताउनुभयो ।
लाक्पाखाङ्डुको घरमा निज सहित उनका नाति नातिनाहरु बसेका थिए । दुई नाति नातिनामध्ये १२ बर्षिया नाति दारिञ्जी शेर्पा घाइते भएका छन् भने उनकी दिदी १४ बर्षिय मिना याङ्गी शेर्पा सकुशल रहेको जानकारी आएको वनेमले बताउनुभयो । उहाँका अनुसार लाक्पाखाङ्डु र निमा रिञ्जिनकी श्रीमति बेपत्ता भएका छन् ।-eujyalopost

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*