राष्ट्रपति र सेनासँगको वार्तामा रविलाई प्रवेश छैन : जेन्जी

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं- जेन्जीको आन्दोलन मथ्थर भएको छ ।दुई दिन लगातार चलेको आन्दोलनमा सरकारी, निजी आवासीय भवन, पार्टी कार्यालय जलेका छन् ।प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएमा छन् ।रास्वपा र राप्रपाका सांसदहरूले राजीनामा दिइसकेका छन् ।

कर्फ्यु कायमै छ भने जेन्जीलाई वार्ताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र सेनाप्रमुखले आह्वान गरेका छन् ।वार्तामा रास्वपा सभापति रवि लामिछानेलाई प्रवेश गर्न नदिने जेन्जीले अडान राखेको छ ।अमुख राजनीतिक दलको जोकोहीलाई वार्तामा संलग्न नगराउने जेन्जीको स्पष्ट अडान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*