नेपाली सेनाले लगायो देशभर निषेधाज्ञा र कर्फ्यु, अब के गर्न पाइन्छ, के गर्न पाइँदैन
काठमाडौं । नेपाली सेनाले कर्फ्यु आदेश जारी गरेको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । हाल लागु गरिएको निषेधाज्ञा साँझ ५ बजेसम्म देशभर निरन्तर रहने सेनाले बताएको छ । भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने सेनाले जनाएको छ ।
अब यस समय अबभिमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन) सञ्चालन हुन पाउने बताइएको छ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अपिल गर्दै अनुरोध गरीएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै सम्पूर्ण अवकाश प्राप्त सैनिकलगायत सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकमा अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न अपिल गरेको हो । सेनाले अफवाहको पाछाडि नलागी आधिकारिक सूचनाहरूमात्रै सम्प्रेषण गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुर्याउनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीप्रति कृतज्ञता ज्ञापन गर्दछ । आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनस् गहिरो दुस्ख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ,’ ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको छ ।
निर्देशनालयले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेतर्फ समेत सचेत गराएको छ । सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ–आफ्नो दायित्वलाई निरन्तरता दिने कुरामा नेपाली सेना विश्वस्त रहेको उल्लेख गरेको छ ।



















