नेपालको घटना ‘ह्रदयविदारक’, शान्ति व्यवस्था कायम राख्न भारतीय प्रधानमन्त्रीको अपील

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति व्यवस्था कायम राख्न अपील गरेका छन् । पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै मोदीले चिता व्यक्त गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै उनले नेपालमा शान्ति व्यवस्था कायम राख्न नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरेका छन्। आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको पनि उनले बताएका छन्। ‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो,’ उनले भनेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ। म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*