लुटपाटमा संलग्न २१ जना सेनाको नियन्त्रणमा

वेलकम खबर
भदौ २५, २०८२

काठमाडौं : नेपाली सेनाले काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानमा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ। हालको परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट गर्ने २१ जनालाई नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो। भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको  निर्देशनालयले जनाएको छ ।यस्तै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*