जेनजीलाई बालेनले भने- सेनासँग वार्ता गर्न तयार रहनू

वेलकम खबर
भदौ २४, २०८२

ठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले केपी ओलीको राजीनामा स्वीकृत भइसकेको भन्दै जेनजीलाई संयमित हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो बताएका हुन् ।उनले देशमा हुने जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो भन्दै संयमित हुन आग्रह गरेका हुन् । साथै उनले सेनाप्रमुखसँग वार्ता गर्न आग्रह गरेका छन् ।

यस्तो छ बालेनको स्टाटस
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

तयार रहनुहोला !

साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*