२९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एमालेको दोस्रो विधान महाधिवेशन

वेलकम खबर
भदौ २२, २०८२

काठमाडौ । नेकपा एमालेले २९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै दोस्रो विधान महाधिवेशन सकेको छ। एमालेको दोस्रो विधान महाधिवेशन गत भदौ २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको थियो।

विधान महाधिवेशनले आगामी ११ औं राष्ट्रिय महाधिवेशनका लागि विधान र नीति तर्जुमा गरेको छ भने डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग पनि निर्वाचित गरेको छ। तीन दिनसम्म चलेको महाधिवेशनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए।

तीन वटा दस्तावेजसहित सात वटा प्रतिवेदनहरूमाथि छलफल गरी सुझाव प्रस्तुत गर्न दस वटा समूह निर्माण गरिएको थियो। ती समूहहरूमा खासगरी राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो।

छलफलपछि सबै समूहबाट टोली नेताहरूले सुझाव प्रस्तुत गरेका थिए। दूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका कार्यवाहक अध्यक्ष मीनप्रसाद गुरुङ, बाग्मती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रश्वर मण्डल, कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चुडामणि जंगली र उपत्यका, जनसंगठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरूङले आ–आफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए।

समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन माथिका सुझाव र जिज्ञासाबारे जबाफ दिएका थिए।

विधान महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत निर्वाचित गरेको थियो। २५ सदस्यीय निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष, कुन्साङ लामा सचिव निर्वाचित भएका छन्।

सदस्यहरूमा समिर नेपाल, टंकप्रसाद उप्रेती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्णकुमारी गुरुङ, काशीचन्द्र बराल, डा. हरिप्रसाद भण्डारी, सुर्यबहादुर शाही, भूराज राई, भरत पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, दमन तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरूङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे, बिनादेवी शाह निर्वाचित भएका छन्।

महाधिवेशनले समसामयिक प्रस्ताव मस्यौदा समितिको तर्फबाट पार्टीका सचिव योगेश भट्टराईले प्रस्तुत गरेको विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रका समसामयिक २९ बुँदे प्रस्ताव पारित गरेको छ।

समसामयिक प्रस्तावहरू

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*