कोरियाबाट फर्केकाहरु नेपालमै उद्यममा रमाउदै

वेलकम खबर
भदौ २२, २०८२

काठमाडौ । रोजगारको शिलसिलामा कोरिया गई नेपाल फर्केर विभिन्न पेशा तथा ब्यवसायमा सम्लग्नहरुको भेला काठमाडौमा सम्पन्न भएको छ । कोरिया गएर फर्किएका मध्ये ताप्लेजुङ फुङलिङ नगरपालिका वडा ७ हाल काठमाण्डौमा विभिन्न पेशा तथा ब्यवसाय गदै आउनु भएको प्रेम गुरुङको नेतृत्वमामा शुक्रवार भेला सम्पन्न भएको हो ।

नेपाल कोरिया उद्यमी व्यसायी संघ नाम दिएर पहिलो पटक ललितपुरका कोरियन वेवेक्मा भेला सम्पन्न भएको हो भेलामा करिब १सय ५० भन्दा बढी कोरिया गएर नेपाल फर्कि स्वदेशमै केही गर्छु गदै आउनु भएका ब्यवसायीहरु भेला हुनु भएको थियो । कार्यक्रममा किन संगठित हुन पर्यो भन्ने भन्ने तथा संस्थाको बारेमा जानकारी गराउनु भएको थियो त्यस्तै जितेन्द्र बाँनियाले अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

भेलामा अंकुर नेपालका अध्यक्ष लालप्रसाद यादब,कोरिया नेपाली दुतावास स्थापनापूर्प कार्यवहाक राजदुत यादव खनाल,एसिया जर्नालिष्ट एसोसिएसनका उपाध्यक्ष विष्णु निस्ठुरी,ईपिएस शाखाका पूर्व निर्देशक तथा नेपाली राजदुतावास कोरियाका पूर्व काउन्सेलर डिल्लीराम बाँस्तोला,फयुचर स्टार स्कुल प्रबन्धक निर्देशक मनोज श्रेष्ठ, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

 

 

   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*