फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

वेलकम खबर
भदौ १९, २०८२

काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सञ्‍चार तथा सुचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्‍चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्‍यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।

हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*