विद्या भण्डारी समूहको तर्फबाट कर्ण थापाले दर्ता गराए फरक मत

वेलकम खबर
भदौ १९, २०८२

ठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापा पूर्वराष्ट्रपति विद्या भण्डारी समूहको तर्फबाट फरक मत दर्ता गराएका छन् ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक्ने केन्द्रीय कमिटीको निर्णयलगायत विरूद्धमा पार्टी स्थायी समिति सदस्य कर्ण थापाले फरक मत दर्ता गराएका हुन् ।

थापाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मत राख्दै आएका छन्। यसैगरी उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि यसअघि नै आफ्नो फरक मत दर्ता गराइसकेका छन्। दर्ता भएका फरक मतबारे आज बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*