सरकारको प्रतिबन्धपछि अब के-के चल्छ नेपालमा ?

वेलकम खबर
भदौ १९, २०८२

काठमाडौँ सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारले सूचीकरण नगरेका फेसबुक, एक्स, लिंक्डइन, रेडिटलगायत ठूला सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो ।
सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि प्रतिबन्ध कार्यान्वयन सुरु गर्दैछ। सर्वोच्च अदालतको आदेशपछि सरकार अनलाइन प्लेटफर्महरूलाई निगरानीमा ल्याउने प्रक्रियामा छ। टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रिया अन्तर्गत छन्।
सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, हालसम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचीकृत भएका ५ वटा र सूचीकरणको प्रक्रियामा रहेका २ वटा बाहेक सबै सामाजिक सञ्जाल निष्क्रिय पारिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*