कमिटी छल्दै एमाले संस्थापन पक्ष

केन्द्रीय कमिटीमा छलफलै नगराई प्रतिवेदनहरू विधान महाधिवेशन लगिदै
वेलकम खबर
भदौ १८, २०८२

काठमाडौं : नेकपा (एमाले) को संस्थापन पक्षले पार्टी पंक्तिको सुझावसहितको अन्तिम प्रतिवेदनहरू केन्द्रीय कमिटीमा छलफलै नगराई केन्द्रीय सचिवालय हुँदै विधान महाधिवेशन हलमा लैजाने भएको छ ।

विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान मस्यौदा प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्नेछन् । तर यी प्रतिवदेनहरु केन्द्रीय कमिटीमा छलफल नहुने निश्चित जस्तै भएको छ ।

केन्द्रीय कमिटीमा मत विभाजन हुन नदिने रणनीतिअनुसार संस्थापन पक्षले प्रतिवेदनहरू केन्द्रीय कमिटीमा छलफलै नगराई विधान महाधिवेशन हलमा लैजाने तयारी गरेको हो ।१३ भदौमा बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको एमालेले अब १९ भदौमा केन्द्रीय सचिवालयको मात्र बैठक बोलाएको छ । एमालेको विधान महाधिवेशन २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा हुँदै छ । विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने भएपछि प्रतिवेदनहरू केन्द्रीय कमिटीमा छलफल नगरी महाधिवेशन हलमा पुग्ने निश्चित जस्तै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*