इलामे कर्मचारीको प्रथम साधारणसभा अध्यक्षमा पौडेल

वेलकम खबर
भदौ १४, २०८२

काठमाण्डौ । इलामे राष्ट्रसेवक कर्मचारी समाजको प्रथम साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ  । शनिबार सम्पन्न साधारणसभाबाट तदर्थ समितिको अध्यक्ष तीर्थ प्रकाश पौडेल पुन: अध्यक्षमा चयन भएका छन् ।
समाजको उपाध्यक्षमा उदयराज भट्टराई, सचिव अशोक कुमार राई, कोषाध्यक्ष पुष्पनारायण दाहाल र सहसचिव विपिन राई चयन भएका छन् ।
सदस्यहरूमा दिपक भारध्वज, बालेश्वर खड्का, मुना राउत, असिम दियाली, यज्ञ कुमारी न्यौपाने, विष्णु श्रेष्ठ, प्रज्वल ध्वज थापा र कबिता पराजुली रहेका छन् ।सभामा तदर्थ समितिका कोषाध्यक्ष पुष्प नारायण दहालको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरी पारित गरिएको थियो भने समाजका सल्लाहकार कुमार थापालाई सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष तीर्थ प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न सभामा आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सभामा समाजका संस्थापक सल्लाहकार कुमार थापा, नेपाल सरकारका पूर्व सचिव खेमराज नेपाल, पूर्व डिआईजी पिताम्बर अधिकारी, डा. खेम कार्की, उपन्यायाधिवक्ता रूद्र प्रसाद आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम शहरी विकास तथा भवन निर्माण विभागको सभाहल, बबरमहलमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*