ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय
काठमाडौँ । नेकपा ९एमाले०का केन्द्रीय सदस्य ऐन महर दम्पतीलाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले ऐन महर उनकी श्रीमती सनुजा श्रेष्ठलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेका हुन् । साइबर अपराधविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बुधबार महर दम्पती प्रहरीमा उपस्थित भएका थिए ।
प्रहरीले उनीहरूलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो । त्यसपछि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो । एक महिलाले उनीहरू विरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी थिइन् ।



















