एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
वेलकम खबर
भदौ ११, २०८२
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदाल काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो । साइबर ब्युरोले जिल्ला अदालत काठमाडौँमार्फत् गत साउन ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।



















