एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दियो ।
‘‘ऐन महरविरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको हो । हामी कानुनी प्रक्रियामा छौँ,’’ स्रोतले भन्यो ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए । प्रहरीको साइबर ब्युरो सीआईबी मातहत छ । पछिल्लो समय महर विवादित बनेका छन् ।



















