पाण्डे र ज्ञवालीद्वारा विद्या भण्डारीबारे आफूहरूको फरक मतमा छलफलको माग

वेलकम खबर
भदौ ३, २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पार्टीमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई फर्किन रोक्ने निर्णयविरुद्ध फेरि फरक मत दर्ता गरेका छन् ।

आफूहरूले केन्द्रीय कमिटी बैठकमा राखेको नोट अफ डिसेन्ट अपानिमा नराखिएको भन्दै केन्द्रीय कार्यालय पुगेर छलफलको माग गर्दै पुनः निवेदन दिएका हुन् ।

उपाध्यक्ष ज्ञवालीले आज पार्टी कार्यालयमा पुगेर सचिव डा. भीष्म अधिकारीलाई निवेदन बुझाएको स्रोतले जानकारी दिएको छ । भण्डारीलाई पार्टीमा फर्किन नदिने निर्णयले एमालेभित्र चर्को विवाद छ । तर एमालेले भने दुई उपाध्यक्षको फरक मतलाई मान्यता नदिई स्थायी कमिटी सदस्य कर्ण थापा बाहेक सबैको पार्टीको निर्णयमा समर्थन रहेको दाबी गर्दै आइरहेको छ ।

भण्डारी भने आफू एमालेको कार्यकर्ता नै रहेको जिकिर गर्दै अहिले पार्टीका नेता कार्यकर्ता भेटिरहेकी छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने पूर्व राष्ट्रपति भण्डारीको विषयमा पार्टी बैठकमा सबैलाई आफ्नो कुरा राख्न दिएको बताए ।

उनले भने, ‘सबै कुरा केन्द्रीय कमिटीले निर्णय गरिसक्यो । कसैको फरक मत छैन । अहिलेको आएको निवेदनको कुनै अर्थ पनि हुँदैन । केही निवेदन आएको भए हेरौंला ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*