रुपन्देही कारागारले भन्यो: रविका लागि छुट्टै शौचालय र टेलिफोन सुविधा दिइएको छ

वेलकम खबर
साउन २९, २०८२

काठमाडौं । कारागार कार्यालय रुपन्देहीले पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अलग्गै कोठामा राखिएको जनाएको छ । कारागार कार्यालय रुपन्देहीले विज्ञप्ति जारी गर्दै चार महिनादेखि सहकारी ठगी संगठित अपराध मुद्दामा थुनुवाको रुपमा रहेका लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरि उनलाई प्रारम्भद्खि नै छुट्टै बन्दीगृह(अलग्गै एउटा कोठा) मा राखिएको जनाएको छ ।
उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको कार्यालयले जनाएको छ । उक्त कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाइ जाली राखि सकिएको कार्यालयले जनाएको छ । लामिछानेलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा आवश्यकता अनुसार स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको विज्ञप्तिमा जनाइएको छ । कार्यालयले थप सुविधा उपलब्ध गराउने सम्बनधमा कानुन बमोजिमका सकारात्मक विभेद बाहेक बन्दीहरुको बीचमा अन्य विभेद नगरिएको जनाएको छ ।

 

clickmandu.

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*