सुँगुरको खोर नहटाउने कृषकको चेतावनी
ताप्लेजुङ । फुङलिङ नगरपालिकाले सुँगुर पालक कृषकले सुँगुरको खोर पटक पटक सूचना गरेपनि सुँगुर पालक सुँगुर पालक कृषकलाई सुँगुरको खोर नहटाउने चेतावनी दिएको छ ।आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कुनैपनि हालतमा सुँगुरको खोर नहटाउने दाबी गरेका हुन् ।
फुङलिङ नगरपालिकाले दोश्रो पटक सूचना जारी गर्दै बजार क्षेत्र भित्र र आसपासका क्षेत्रमा रहेका सुँगुरका खोरहरू हटाउन निर्देशन दिएसँगै सँगुर पालक कृषक आन्दोलित बनेका छन् । नगरपालिकाले पहिलो पटक असार २७ गते र दोश्रो पटक साउन १५ गते सूचना जारी गर्दै तत्काल खोरहरू हटाउन आग्रह गरेको थियो ।यता स्थानीयले आफ्नो आम्दानीका प्रमुख श्रोत रहेकाले कुनैपनि हालतमा नहटाउने अडान लिएको कृषक दिलमाया मादेनले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले आवश्यक छलफल, वार्तामा बोलाएर व्यवस्थापन गर्ने प्रयास नै नगरी आफ्नो व्यवसाय हटाउन निर्देशन दिएकाले आन्दोलन गर्नुपर्ने बाध्यताको सिर्जना भएको हो ।
बजार क्षेत्रमा करिब ५ सय जना भन्दा बढी स्थानीयले सुँगुर पालनबाट नै मनग्य आम्दानी गरिरहेकोले आफ्नो व्यवसायको सुनिश्चित गरि व्यवस्थापनमा लाग्न भने तयार रहेको बताएका छन् । तर नगरपालिकाले छलफल तथा समन्वय नगरी आफ्नो पेशाको अपहेलना गरेर आफुहरुमाथि अन्याय गर्न खोजेको आरोप सुँगुर पालक कृषकले लगाएका छन् ।बजारक्षेत्रमा भएका सुँगुरका खोरहरुबाट मलेरिया, डेँङ्गु लगायतका रोगहरू तथा वातावरणमा दुर्गन्ध फैलिएकाले तत्काल खोरहरू हटाउन फुङलिङ नगरपालिकाले सूचना जारी गरेको छ ।



















