प्रचण्डको भनाइ: फेरि क्रान्ति र नयाँ विद्रोह आवश्यक

वेलकम खबर
साउन १८, २०८२

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि एकपटक क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरूको षडयन्त्रविरुद्ध एकताबद्ध प्रतिरोध गर्नुपर्ने बताए।

प्रचण्डले आफू जनयुद्ध, शान्ति प्रक्रिया र संविधान सभामार्फत नेतृत्वमा आइपुगेको स्मरण गर्दै फेरि नयाँ खालको विद्रोह जरुरी भएको धारणा राखे। उनले शान्ति प्रक्रियाका बाँकी काममा पनि चलखेल भइरहेको दाबी गरे।पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने धारणा पनि व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*