काठमाडौँमा गुण्डागर्दीविरुद्ध अपरेसन, चक्रे मिलनसहित ४७ बढी पक्राउ

वेलकम खबर
साउन १६, २०८२

काठमाडौं ।काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चर्चित गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) समेत छन्। उनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिइएको हो।

गएको राति काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले रेष्टुरेन्ट तथा क्लबमा हुने झैझगडा र हप्ता असुलीविरुद्ध विशेष अपरेसन चलाएका थिए। यस क्रममा ठमेलबाट सानुभाइ उर्फ युवराज गुरुङ पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूको स्क्रिनिङ गरेर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*