ताप्लेजुङको क्याम्पसले पाथीभरा बहुमुखीको नाम पायो

वेलकम खबर
साउन १४, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा स्नातकोत्तर कक्षा सञ्चालन भई रहेको पाथीभरा बहुमुखी क्याम्पसको नाम आधिकारिक रुपमा पाथिभरा बहुमुखी क्याम्पस कायम भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले पाथीभरा बहुमुखी क्याम्पसको नामलाई आधिकारिक रुपमा कायम गरेको हो ।
यस अघि कुनैमा बहुमुखी उल्लेख हुने र कुनैमा उल्लेख नहुने हुँदा एकरूपता कायम गर्नका लागि निवेदन पेश गरिएको थियो । सोही अनुसार त्रिवि कार्यकारी परिषदले पाथिभरा बहुमुखी क्याम्पस कायम गरेको परिषदका योजना निर्देशक लक्ष्मीकान्त शर्माले बताउनुभयो ।
यता पाथिभरा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष शिला इजमले पनि क्याम्पसले बहुमुखीको आधिकारिकरूपमा अधिकार प्राप्त गरेको जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*