अविरल वर्षाले आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
वेलकम खबर
साउन १२, २०८२
काठमाडौँ ।देशभर जारी अविरल वर्षाका कारण आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, अरनिको राजमार्ग, रुकुम, हुम्ला, जाजरकोट, र नुवाकोट लगायतका क्षेत्रमा सडक अवरुद्ध भएका हुन्।
त्यस्तै, काठमाडौँ–नुवाकोट सडकखण्ड, बाग्लुङ, नवलपरासी, मुस्ताङ र रोल्पाका केही राजमार्गहरू एकतर्फी सञ्चालनमा रहेका छन्। बाढीपहिरोका कारण सडक आवागमनमा समस्या भएको छ भने सम्बन्धित निकायहरूले सडक खुलाउने प्रयास गरिरहेका छन्।



















