पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, सक्रिय राजनीतिमा फर्कने तयारी

वेलकम खबर
साउन ९, २०८२

काठमाडौं । सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो बबरमहलस्थित एक बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन्। गत मंगलबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेपछि भित्रिएको विवाद अझ चुलिएको छ। एमाले नेताहरुबीच उक्त निर्णयप्रति असहमति देखिएको छ।

संविधानको मर्म विपरीत हुने भन्दै एमालेले रोक लगाए पनि भण्डारीले आफूलाई राजनीतिक अधिकारबाट बञ्चित गर्न नहुने बताउँदै राजनीतिक प्रतिवाद गर्ने तयारी थालेकी छन्। आजको पत्रकार सम्मेलनमा उनले आगामी योजना सार्वजनिक गर्नेछिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*