भक्तपुरमा भेटिएको दिदी–बहिनीको शव

वेलकम खबर
साउन ८, २०८२

काठमाडौँ । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदी–बहिनीको भएको पुष्टि भएको छ । मध्यपुर ठिमी नगरपालिका–८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदी–बहिनीको शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल हुन् । उनीहरू सहोदर दिदीबहिनी भएका प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पौने सात बजेतिर स्थानीय चक्रधर प्रजापतिको इँट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुइँ तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरू केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ ।

‘डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो,’ डीएसपी न्यौपानेले भने, ‘अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप अनुसन्धान हुँदैछ ।’ दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ । तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*