विदेश भ्रमणका नतिजा फलदायी छ वा छैन भन्ने अध्ययन हुनुपर्छ : सांसद नेम्वाङ

वेलकम खबर
साउन १, २०८२

काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताउनु भएको छ ।
बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।  ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेश भ्रमणबाट के सिकेर के लागू गर्‍यौं भन्ने कुराको अध्ययन गर्नुपर्छ,’ सांसद नेम्वाङले भन्नुभयो । उहाँलेअहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको टिप्पणी गदै अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गर्नुभयो ।
‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्त्वपूर्ण कुराहरू जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानुनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो,’ सांसद नेम्वाङले भन्नुभयो ।
बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरू मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने उहाँेको भनाई थियो ।
हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ,’ सांसद नेम्वाङले भन्नुभयो ‘किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ उहाँले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*