जनआस्थाका सम्पादक श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

वेलकम खबर
असार ३२, २०८२

काठमाडौं ।   जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनु भएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो ।नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे,म्यान्मारका डा.तिन तुन ओ,कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली ९साइप्रस० निर्वाचित भए । त्यस्तै,तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भए । सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन पर्सि समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ । श्रेष्ठ प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*