पाथीभरा मन्दिरमा दुई लाख १७ हजार ८७६ले चढाए तीन करोड ११ लाख बढी भेटी

वेलकम खबर
असार ३२, २०८२

ताप्लेजुङ । पाथीभरा मन्दिरमा एक वर्षमा तीर्थयात्रीले तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम चढाएका छन । पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०८१।०८२ मा मन्दिरमा चढाएको भेटी सार्वजनिक गदै पाथीभ।मा बैशाख र चैत महिनामा सङ्कलन भएको जनाएको हो ।
सार्वजनिक गरेको ततथ्याङ्कमा बैशाखमा  ६० लाख ९० हजार ८१५ रुपियाँ र चैत महिनामा ५० लाख पाँच यस रुपियाँ भेटी सङ्कलन भएको छ । विषेश गरि चैत्र, बैशाख र दशैं तिहारलाई पाथीभरा सिजनको रुपमा लिने गरिन्छ ।

यस्तै साउन महिनामा छ लाख ९१ हजार, भदौमा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै चार लाख ११ हजार १५१ रुपियाँ भेटी सङ्कलन भएको थियो । कार्तिकमा ३७ लाख ४४ हजार ६५० रुपियाँ, मङ्सिरमा ४१ लाख १७ हजार रुपियाँ, पुसमा २९ लाख २५ हजार रुपियाँ भेटी सङ्कलन भएको सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

माघ महिनामा १० लाख ४० हजार रुपियाँ, फागुनमा १३ लाख तीन हजार पाँच सय रुपियाँ, जेठमा २३ लाख ९५ हजार रुपियाँ र असारमा २३ लाख एक हजार १०५ रुपियाँ भेटी सङ्कलन भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनुभयो ।

गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*