पहिरोले श्रीमान–श्रीमतीको मृत्यु

वेलकम खबर
असार ३१, २०८२

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा पहिरोले पुर्दा श्रीमान–श्रीमतीको ज्यान गएको छ । बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका ६६ वर्षीय गोविन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए । तर निर्धारित समयमा घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । स्थानीयको सहयोगमा गरिएको खोजतलासका क्रममा उनीहरू सुक्खा पहिरोमा पुरिएको अवस्थामा फेला परेका हुन् ।

ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइँदैछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*