कञ्चनजङ्घा आउने पर्यटक बढे, २७ लाख राजस्व असुली

वेलकम खबर
असार ३०, २०८२

ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) ले आइतबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले तथ्याङ्क सार्वजनिक गर्दै कञ्चनजङ्घा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा एक हजार ८५ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यस्तै, चालु आर्थिक वर्ष २०८१.८२ मा सातसय ७० पुरुष र चारसय ६३ महिला गरी एक हजार दुईसय ३३ जनाले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।

संरक्षण क्षेत्र कार्यालयले पर्यटकहरूबाट कुल २७ लाख ४० हजार ८ सय २४ रुपियाँ राजस्व असुली गरेको छ । पर्यटन शुल्क वापत १६ लाख ८५ हजार पाँच सय रुपियाँ र वन क्षेत्रको रोयल्टी वापत १० लाख ६ हजार ६ सय ४७ रुपियाँ असुली गरिएको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*