सुन्दरहरैँचाले भेट्यो एक दर्जन ढुकुर जोडी

मोरङ ।कोशी प्रदेश मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाले ‘ढुकुर जोडी’ भन्दै १२ दम्पतीलाई सम्मान गरेको छ । हरेक वडाबाट १–१ गरी वर्षका उत्कृष्ट १२ दम्पती (ढुकुर जोडी)लाई आइतबार सम्मान गरेको हो ।
पालिकाले यसअघि प्रेमको प्रतीक मानिने ढुकुरको नाममा उत्कृष्ट जोडी खोज्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आवेदन दिएका ४८ जोडीमध्ये हरेक वडाबाट १–१ जोडी गरी १२ जोडीलाई ढुकुर जोडी घोषणा गर्दै नगद १० हजार र प्रमाणपत्रसहित सम्मान गरेको हो
उनीहरूको विवरण एक वर्षसम्म वडा कार्यालयहरूमा राखिनेछ ।
नगरपालिकाले सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नम्बर २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल र ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरीलाई ढुकुर जोडी घोषणा गर्यो ।उनीहरूको विवरण एक वर्षसम्म वडा कार्यालयहरूमा राखिनेछ । नगरपालिकाले सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नम्बर २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल र ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरीलाई ढुकुर जोडी घोषणा गर्यो ।